विराटनगरमा थप पाँचजनामा कोरोना संक्रमण, प्रदेश १ मा १२ जना थपिए

विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार ३ महिलासहित विराटनगरका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । शंक्रमण पुष्टि भएकाहरुको ट्राभल हिस्ट्री अध्ययन गरिरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । पाँचजनामा संक्रमित थपिएसँगै विराटनगरमा काेराेना संक्रमितकाे संख्या १९ पुगेकाे छ ।

विराटनगरमा पाँचसहित शनिबार प्रदेश १ मा १२ कोरोना संक्रमित थपिएका छन ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५ जना, सुन्दरहरैचा नगरालिकामा १ जना, झापाको कनकाईमा ५ जना र कचनकवलमा ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै इलामको देउमाईमा एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ । ती मध्ये ४२८ जना कोरोना जितेर डिस्चार्ज भएका छन ।

Loading...