खोकनामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं, २० असार । फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

ललितपुरको खोकनामा विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

किसानहरु सामूहिक रुपमा धान रोप्न गएका थिए । आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताए ।

३ हजार वर्ष अगाडीको नेवा सभ्यता विनास गर्न खोजेपछि विरोध गरेको उनले बताए ।

किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

Loading...