विराटनगर, २० असार । नेपाली चलचित्र ‘प्रेमगित ३’ टिमले पोखराको फेवाताल सफा गरेको छ ।
नयाँ फिल्मका लागि लोकेशन हेर्नका लागि पोखरा पुगेका ‘प्रेमगित ३’ का नायक र निर्माता टिमले फेवाताल सफा गरेको हो ।

निर्माता तथा निर्देशक सन्तोष सेनले नकरात्मक कुरालाई आरोप पत्यारोप गरेर आफ्नो दिमाखलाई गलत दिशातिर डोर्याउनु भन्दा कुनै सकरात्मक काममा संलग्न भएर आफुलाई व्यस्त बनाउन सल्लाह दिदै सामाजिक संजालमा केहि तस्विर सार्वजनिक गरेका छन् ।
अभिनेता प्रदिप खडका, सरसफाईमा सामाजिक अभियन्ता एव कार्यकारी निर्माता चक्रबहादुर चन्दले सघाएका छन् ।
नयाँ फिल्मका लागि लोकेशन हेर्न निस्किएको प्रेम गीतको टिमले एकसाता अघि चितवनको देवघाट क्षेत्रमा पुगेर बृक्षारोपण गरेको थियो ।