विराटनगर, १९ असार । विराटनगरका राकेश घिसिङ विश्व पपिङ ब्याटलको फाइनलमा प्रवेश गरेका छन ।
विराटनगरको नोबेल मेडिकल कलेजमा दन्त चिकित्सा अध्यनरत घिसिङ अनलाइन पपिङ ब्याटलको फाइनलमा प्रवेश गरेका हुन ।
भोटिङ राउण्डमा पाएको भोटका आधारमा फाइनल पुगेका घिसिङसँगै आयोजक जापान, फ्रान्स, भारत , अमेरिकालगायत देशका १२ जना छन् ।
प्रतियोगिताको फाइनल जुलाई ४ र ५ मा हुनेछ । अनलाइन हुने फाइनलमा प्रतियोगिताको बिजेताले ९ सय अमेरिकी डलर पाउनेछन ।
उनी टच डान्स स्टुडियो विराटनगरसँग आवद्ध छन ।