‘निजी विद्यालय सञ्चालक पन्छिए, सरकार हाम्रो मर्म बुझिदेउ’

विराटनगर, १९ असार । लकडाउन र कोभिड–१९ का कारण पाउनुपर्ने तलब, सुविधा निजी विद्यालय सञ्चालकहरुले नदिएको विरोधमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यालय सञ्चालकले तलब नदिएपछि निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।

कोरोना महामारीका कारण विद्यालयहरु बन्द छन । विद्यालय बन्द भएका कारण अधिकांश निजी विद्यालय सञ्चालकले शिक्षक कर्मचारीलाई तलब दिएका छैनन् । तलब नदिने निजी विद्यालय सञ्चालकलाई सरकारले पनि मौन समर्थन गुनासो गर्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन ।

संस्थागत विद्यालय शिक्षक युुनियन (आईएसटीयू) मोरङ मार्फत शिक्षक कर्मचारीले शुक्रबार प्रदेश १ सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन ।

चार महिनायता तलब नपाउँदा समस्या परेको बताउँदै उनीहरुले धर्ना दिएका हुन ।

संस्थागत विद्यालय शिक्षक युुनियन केन्द्रिय उपाध्यक्ष रोहिणीरमण दवाणीले पैसा भए पनि शिक्षक, कर्मचारीलाई नदिने निजी विद्यालय सञ्चालकहरु लुकेर बसेको बताए ।

दुई लाख रोजगारी सिर्जना गर्नेछौं भन्ने निजी विद्यालय सञ्चालकहरू शिक्षकहरु मर्कामा पर्दा पन्छिएपछि सरकारले बाेल्न नसकेकाे उनले बताए ।

संस्थागत विद्यालय शिक्षक युुनियन मोरङ सचिव चिराग ढुंगानाले शिक्षक, कर्मचारीहरुले तलब नपाएको गुनासो गरे ।

पाँच महिनाको तलब नपाएको बताउँदै उनले सडकमा उत्रनुपर्ने अवस्था आएको बताए ।

संस्थागत विद्यालय शिक्षक युुनियनका मोरङ अध्यक्ष मनोज खनाल निजी विद्यालयका शिक्षक, कर्मचारी भोकै मर्ने अवस्था आउन लागेको बताए ।

कोभिड–१९ महामारीको बेला संकटमा परेका शिक्षक, कर्मचारीको समस्या आफैं बुझेर सञ्चालकले दिनुपर्ने भएपनि त्यसो निजी स्कुल सञ्चालकहरु भागेको उनीहरुको गुनासो छ । निजी विद्यालय सञ्चलकहरु लुकेपछि सरकारको ढोका ढकढक्याउन आएको उनीहरुले बताए ।

‘सरकारको ध्यानाकर्षण नभए हामी सडक आन्दोलनमा जानुको विकल्प छैन’ खनालले भने ‘‘ हामी आन्दोलनमा आउछौं ।’

Loading...