कतारबाट आएका थिए विराटनगरका दुई संक्रमित

विराटनगर, १९ असार । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये २ जना कतारबाट आएको पाइएको छ ।

शुक्रबार विराटनगर महानगरपालिका- ५ का २ जना र विराटनगर- ३ का एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये विराटनगर ५ का ३० र ४१ वर्षिय पुरूष १० असारमा विराटनगर आएर होटल क्वारेन्टाइनमा बसेका थिए ।

विराटनगर ३ का ३५ वर्षिय पुरूष ११ असारमा भारतबाट विराटनगर आएर क्वारेन्टाइनमा रहेकाे विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार संक्रमितलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको छ ।

शुक्रबार तीनजनामा संक्रमण पुष्टी भएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । १४ मध्ये ८ जना उपचार पछि डिस्चार्ज भएका छन ।

Loading...