विराटनगर र धरानबाट २८ जनाले जिते कोरोना

विराटनगर, १९ असार । प्रदेश १ बाट २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहीबार ६ र शुक्रबार ७ गरी १३ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा २० महिला र ८ पुरुष छन् । मोरङका १२, सुनसरीका ५, उदयपुर ४ जना र झापाका ७ जना जिस्चार्ज भएको हुन । डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्षसम्मका छन् ।

कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावका अनुसार डिस्चार्ज हुनेहरु २७ जेठदेखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार मात्र प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिएका छन ।

Loading...