birat ribon

विराटनगरमा ‘ब्रुमर’ सस्तोमा किनियो, बिग्रिएपछि थन्कियो

Neuro
विराटनगरमा ‘ब्रुमर’ सस्तोमा किनियो, बिग्रिएपछि थन्कियो

विराटनगर, १९ असार । विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर सञ्चालनमा नआई बिग्रिएको छ । २०७५ असोजमा खरिद गरेको ब्रुमर प्रयोगमा नआइ बिग्रिएको हो ।

Padelux insider
cura insider

विराटनगर महानगरपालिकाले ३४ लाखमा ब्रुमर खरिद गरेको थियो । सस्तोमा किनेको ब्रुमर बिग्रिएर हैरान भएको विराटनगरमा मेयर भीम पराजुलीले बताए ।

‘काठमाडौं महानगरले २ करोडमा किन्यो भन्दा हामीले सस्तोमा किनेका थियौं,’ उनले भने, ‘बिग्रिएपछि बिक्रेतालाई बनाउन बोलायौं, तर फेरि बिग्रियो ।’

ब्रुमरले महानगरको धुलो उठाउन काम सुरु गरेपनि बिग्रिएर समस्या भएको उनले बताए । खरिद गरेर ल्याएको करिब एक वर्षपछि ब्रुमर महानगरपालिकाले प्रयोग गरेको थियो ।

‘ब्रुमर बिग्रिएपछि बिक्रेतालाई फिर्ता लैजा कि बनाइदे भनेर पत्र लेख्यौं,’ पराजुलीले भने, ‘उताबाट प्राविधिक आएर चलाउँदा चल्यो । फर्किएपछि फेरि बिग्रियो ।’ ब्रुमरले काम नगरेपछि विराटनगरको धुलो उठाउन समस्या भएको पराजुलीले बताए ।

ब्रुमर भएपनि खरिद गर्दा सावधानी नअपनाएका कारण समस्या उत्पन्न भएको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए । प्रयोगमा नआइ बिग्रिएपछि ब्रुमर थन्किएको उनले बताए ।

jackson ribon