विराटनगर, १९ असार । मोरङको विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बेलबारी–९ घर भइ विराटनगर–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार राति साढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।
उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।