birat ribon

विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Neuro
विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, १९ असार । मोरङको विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

बिहीबार विराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटना परी २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको हो ।

हिजो राति साढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफैं अनियन्त्रीत भई दुर्घटना हुँदा विराटनगर–१६ का बस्नेत घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा राति साँढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

jackson ribon