birat ribon

विराटनगरमा रोटरी क्लबले निर्माण गरेको फाउन्टेन बिग्रियो

Neuro
विराटनगरमा रोटरी क्लबले निर्माण गरेको फाउन्टेन बिग्रियो

शिवहाङ राई

Padelux insider
cura insider

विराटनगर, १९ असार । जिल्ला प्रशासन कार्यालय, मोरङ अगाडी रोटरी क्लबले निर्माण गरेको रोटरी फाउन्टेन बिग्रिएको छ । नौ वर्षअघि निर्माण भएको फाउन्टेन करिब तीन वर्षयता बिग्रिएको हो ।

विराटनगर महानगरपालिका र विराटनगरमा रहेका रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ मिडटाउन र रोटरी क्लब अफ डाउनटाउनको संयुक्त लगानीमा निर्माण भएको थियो । तर पछिल्लो समय फाउन्टेन चलेको छैन ।

बीच सडकमा निर्माण गरिएको पार्क मूर्तिजस्तै देखिन्छ । घेरिएको क्षेत्रभित्र रोटरी क्लबको लोगोको मूर्ति बनाइएको छ भने बाहिरपट्टि विराटनगर महानगरपालिका र रोटरी लेखिएको छ ।

१८ लाख लागतमा निर्माण गरिएको फाउन्टेनमा साँझमा आकर्षक बत्ति बल्थ्यो भने पानीको फोहोरा निस्किरहन्थ्यो ।

निर्माणपश्चात्त विराटनगरको आकर्षक गहना बनेको फाउन्टेनको अवस्था दयनीय छ । संरक्षण नहुँदा बाहिरका प्लास्टर भत्किएका छन् ।

पानीको फोहोरा बन्द भएको फाउन्टेनमा बत्ति बल्न छाडेको वर्षाैंं भइसक्यो । फाउन्टेन पछिल्लो समय  घाँसले घेरिएको छ ।

रोटरी क्लबले समय–समयमा आवश्यक मर्मतसम्भार गर्ने र महानगरपालिकाले विद्युत र पानीको व्यवस्था गरिदिने शर्तमा रोटरी फाउन्टेनको निर्माण गरिएको बेनीगोपाल मुन्दडाले बताए ।

रोटरी क्लब अफ विराटनगरका पूर्वअध्यक्ष मुन्दडा फाउन्टेन निर्माण समितिका संयोजक थिए । फाउन्टेन पुनः सञ्चालन हुने वातावरण बनाइदिन महानगर कार्यालय पुगेर पटक–पटक अनुरोध गरेको भएपनि सुनुवाई नभएको मुन्दडाले बताए ।

‘सडक निर्माणपछि सञ्चालन हुने छाडेको फाउन्टेनको विषय लिएर धेरैं पटक महानगर गयौं,’ उनले भने, ‘सधैं हुन्छ, अब भइहाल्छ भन्ने जवाफ पाएका पनि हौं तर आजसम्म पनि सञ्चालन हुन सकेको छैन ।’

सडक निर्माण गर्दा फाउन्टेनको पानी र विद्युत प्रवाहमा अवरोध आएकाले केही वर्षयता फाउन्टेन सञ्चालनमा आउन नसकेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालले बताए ।

‘अबको केही दिनमा नै रोटरी फाउन्टेन सञ्चालन हुन्छ,’ दाहालले भने, ‘फाउन्टेनको लागि आवश्यक पर्ने पानी र विद्युत प्रवाहको लागि काम सुरु भइकेको छ ।’

विराटनगरको सार्वजनिक स्थल रहेको अर्को फाउन्टेन भने लकडाउनको कारण बन्द गरिएको छ ।

वीरेन्द्रसभा गृहसँगै रहेको ‘इको–फाउन्टेन पार्क’ को प्रवेशद्वार र पार्कमा राखिएको  फाउन्टेनहरू सञ्चालन गरिएका छैनन् ।

नेपाल सरकारले उच्च भीडभाड हुने स्थल तत्काल नखुलाउने निर्णय गरेकाले पार्क बन्द गरिएको र पार्कमा भएका फाउन्टेन सञ्चालन नगरिएको पार्कका इन्चार्ज वीरेन्द्रकुमान महतो बताए ।

jackson ribon