भारत, पाकिस्तान र इजिप्टमामा पनि रेम्डेसिभिर उत्पादन हुने

एजेन्सी, १८ असार । भारत, पाकिस्तान र इजिप्टमा केही औषधि निर्माताहरूलाई कोरोनाको उपचारमा प्रभावकारी देखिएको औषधि रेम्डेसिभिरको जेनेरिक संस्करणहरू उत्पादन गर्न लाइसेन्स दिइएको छ ।

औषधि निर्माता कम्पनि गिलियड साइंसेजले तिन महिनामा बनाउन लागेको सबै रेम्डेसिभिरको डोज अमेरिकाले किन्ने भएपछि जेनेरिक संस्करणहरू उत्पादन गर्नका लागि अनुमति दिइएको हो ।

हालसम्मको अनुसन्धानले कोभिड १९ बाट पीडित बिरामीहरूलाई इबोला संक्रमणको समयमा प्रयोग गरिने एन्टी-वायरल औषधि रेम्डेसिभिरको प्रयोगबाट छिटो स्वस्थ हुने पत्ता लागेको छ ।

रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध अचूक औषधि नभएको र यो औषधिले कुन हदसम्म संक्रमित व्यक्तिको बाँच्ने सम्भावनालाई सुधार गर्छ भन्ने स्टष्ट छैन ।

कम्पनी रेम्डेसिभिरको जेनरिक वर्जन उत्पादन सुरु गरिसकेको छ ।

कम्पनीका अनुसार रेम्डेसिभिरको जेनरिक वर्जन ३० हजार वायल (सानो शीशी) को आपूर्ति देश भरका अस्पतालमा भइसकेका छन् ।

कम्पनीले अब आउने दुई हप्ताभित्र क लाख वायल उत्पादन गर्ने योजना बनाएको छ ।

पाकिस्तानको स्वास्थ्य विभागले चाँडै नै रेम्डेसिभिर स्थानीय बजारमा उपलब्ध हुने आशा राखेको छ ।

कम आम्दनी भएको १ सय २७ देशमा आपूर्ति गर्नका लागी गिलियडले रेम्डेसिभिरको जेनेरिक उत्पादन गर्ने फार्मास्यूटिकल कम्पनीहरूसँग सम्झौता गरेको छ ।

Loading...