बलिउडका यी फिल्महरू डिजिटल माध्यमबाट रिलिज हुँदै

विराटनगर, १८ असार । बलिउडका सात ठूला ब्यानरका फिल्म डिजिटल माध्यमबाट रिलिज हुने भएका छन् ।

भारतमा लकडाउनका कारण हलमा रिलिज हुन नपाएको फिल्महरू डिज्नी र हटस्टारबाट रिलिज गर्न लागिएको हो ।

हलमा रिलिज हुन नपाएपछि र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न बाहेक कुनै विकल्प नबचेको हुँदा सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ आलिया भट्टको ‘सडक २’ अक्षय कुमारको ‘लक्ष्मी बम’, अजय देवगनको ‘भुज’, अभिषेक बच्चनको ‘द बिग बुल’, विद्युत जामवालको ‘खुदा हाफिज’ र कुणाल खेमूको ‘लूटके’ डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने भएका छन् ।

साथै, विद्या वालनको ‘शकुन्तलादेवी’ र जान्हवी कपुरको ‘गुञ्जन सक्सेना’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भनिएका छन् ।

यीमध्ये धेरै फिल्महरूले हलमा सय करोडभन्दा धेरै कमाइ गर्न सक्ने अनुमान लगाइएको थियो ।

तर, लकडाउन खुलेपछि प्रदर्शनमा आउने ‘सूर्यवंशी’ र ‘८३’ बलिउडको पहिलो फिल्म हो, जसले आधिकारिक रिलिज मितिको घोषणा गरेको छ ।

अक्षय कुमार, र कटरीना कैफको ‘सूर्यवंशी’ दिपावलीमा र रणवीर सिंह र दीपीका पादुकोणको ‘८३’ क्रिसमसमा रिलिज हुने भएका छन् ।

Loading...