कोरोनाका कारण ४९ दिने शिशुको मृत्यु

विराटनगर, १८ असार । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज म्याग्दीका ४९ दिने शिशुको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ३१ पुगेको छ ।

नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन् ।

संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएसँगै निकाे हुनेहरूको संख्या ५ हजार ३२० पुगेको हाे ।

Loading...