मेनोपज हुँदा ७० प्रतिशत महिलालाई डिप्रेसन हुन्छ

विराटनगर, १८ असार । महिनावारी रुक्ने समय (रजोनिवृत्ति वा मेनोपज) को क्रममा ७० प्रतिशत महिलालाई डिप्रेसन हुने गरेको पाइएको छ ।

द नर्थ अमेरिकन मेनोपज सोसाइटी (एनएएमएस) मा प्रकाशित अध्ययनले महिलाहरूलाई डिप्रेसनका साथै पोस्ट मेनोपसियल (मेनोपज हुनु अगाडि) महिलामा चिन्ता र मृत्युको डर बढ्ने सबैभन्दा ठूलो जोखिम हुने देखाएको हो ।

एनएएमएस मेडिकल निर्देशक अध्ययन अनुसन्धानकर्ता स्टेफनी फौबियनले मेनोपजको बेला हर्मोन उत्पादन घट्ने क्रममा महिलाहरू डिप्रेसन, चिन्ता, छिट्टै रिसाउने, घबराहट, उदासी, बेचैनी, मेरोरीमा समस्या, आत्मविश्वास, एकाग्रता, र कामेच्छाको कमी जस्ता विभिन्न मनोवैज्ञानिक समस्याहरूको बढी जोखिममा पर्छन् ।

डिप्रेसन र एन्जायटी मेनोपजको समयमा हुने सामान्य मनोवैज्ञानिक समस्याहरू हुन्, जसले महिलाहरूमा मृत्युको डरसमेत बढाउँछ ।

३५ देखि ७८ वर्षबीचका ४ सय ८५ महिलाहरूलाई गरिएको अनुसन्धानमा ४१ प्रतिशतले केही हदसम्म डिप्रेसनको अनुभव गरेको पुष्टि गरेका छन् ।

पोष्ट मेनोपजमा सबैभन्दा बढी डिप्रेसनलाई प्रभावित गर्ने जोखिम कारणहरू पनि पहिचान गरिएको छ ।

जसमा विधवा हुनु, जीवनसाथीबाट अलग हुनु, मदिरा सेवन गर्नु, कुनै स्वास्थयमा समस्या, निरन्तर औषधि, शारीरिक अशक्तता, मानसिक रोग र चार वा बढी बच्चा जन्माउने कारणहरू समावेश गरिएको छ ।

अनुसन्धानकर्ताहरूले पोस्ट मेनोपसियल महिलाहरूमा डिप्रेसन एक साधारण र महत्त्वपूर्ण स्वास्थ्य समस्या हो, जसको लागि थप अध्ययन आवश्यक पर्ने पत्ता लगाए ।

Loading...