विराटनगर, १८ असार । नेपालमा आज थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४७३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन् ।
संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएसँगै निकाे हुनेहरूको संख्या ५ हजार ३२० पुगेको हाे ।
कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ३१ पुगेको छ ।