नेपालमा पाँच हजारभन्दा बढीले जिते कोरोना

विराटनगर, १८ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार नाघेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज ६६४ जनाले कोरोना जितेका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ५ हजार ३२० पुगेको छ ।

आज थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन् ।

कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ३१ पुगेको छ ।

Loading...