birat ribon

मोरङको उर्लाबारीमा थपिए ६ कोरोना संक्रमित, प्रदेश १ मा ११ जना

Neuro
मोरङको उर्लाबारीमा थपिए ६ कोरोना संक्रमित, प्रदेश १ मा ११ जना

विराटनगर, १८ असार । मोरङको उर्लाबारीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पाँच महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

मोरङमा ६ सहित प्रदेश १ मा बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।

४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार सुनसरीको इटहरीमा ३, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा एक–एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् ।

jackson ribon