birat ribon

रोक लगाउँदा पनि सञ्चालनमा आएका ट्याक्सीलाई दिनभरि सडकमै ‘होल्ड’ गरियो

Neuro
रोक लगाउँदा पनि सञ्चालनमा आएका ट्याक्सीलाई दिनभरि सडकमै ‘होल्ड’ गरियो

काठमाडौं, १८ असार । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।

रोक लगाउँदा पनि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै ‘होल्ड’ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

cura insider

दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको बताउँदै प्रहरी उपरीक्षक बामदेव गौतमले त्यस्ता सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए ।

सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावश्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजीकरण गरिएको उनले बताए ।

पछिल्लो समय ट्याक्सी व्यवसायीहरू बैंकको किस्ता तिर्न र जीवनयापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरूको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरू देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो ।

सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुलुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ ।

jackson ribon