birat ribon

कानेपोखरीका संक्रमित मेलेसियाबाट फर्किएका

Neuro
कानेपोखरीका संक्रमित मेलेसियाबाट फर्किएका

विराटनगर,१७ असार । मोरङको कानेपोखरीमा कोरोना संक्रमण पुष्टि भएका युवक मलेसियाबाट आएको पाइएको छ ।

Padelux insider
cura insider

बुधबार मोरङको कानेपोखरी– ५ का १८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुष ७ असारमा मलेसियाबाट सरकारले उद्दार गरी ल्याएको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए । संक्रमित युवकसँगै अन्य दुईजना आएका थिए । अन्य दुईजनाको रिपोर्ट भने नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।

क्वारेन्टाइन नआई घर गए, आमा र टेम्पो चालक क्वारेन्टाइन

७ असार राति १ बजे कानेपोखरी आइपुगेका युवक क्वारेन्टाइनमा नआई घर गएका थिए । मलेसियाबाट नेगेटिभ रिपोर्ट लिएर आएका उनी गाउँपालिकाले पठाएको एम्बुलेन्समा नबसी टेम्पोमा चढेर घर गएका थिए ।

पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौंकबाट सिधै घर गएका युवकलाई गाउँपालिकाले राति नै घरबाट क्वारेन्टाइनमा ल्याएको थियो ।

ती युवकको पोजेटिभ रिपोर्ट आएपछि घरसम्म पूर्याउने टेम्पो चालक र उनकाे आमालाई पनि क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष काफ्लेले बताए ।

संक्रमण पुष्टी भएपछि युवकलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन अस्पताल गोठगाउँमा राखिएको छ ।

jackson ribon