birat ribon

विराटनगर रानी – जोगवनी नाका सिल, चोर बाटोबाट आउजाउ

Neuro
विराटनगर रानी – जोगवनी नाका सिल, चोर बाटोबाट आउजाउ

विराटनगर १७ असार । कोरोना संक्रमण रोकथामका लागि सरकारले नाका सिल गरेको छ । तर विराटनगर प्रवेशको मुख्य नाका शिल भएपनि भित्री चोरबाटोबाट आउजाउ निरन्तर चलिरहेको छ ।

Padelux insider
cura insider

नेपाल भारत दशगजा क्षेत्रमा बसोबास गर्नेहरु प्रहरीको आँखा छल्दै आवत जावत गरिरहेका हुन । खुला सीमाका कारण चोरी तस्करी पनि बढेको छ ।

दशजगा क्षेत्रमा बसोबास रहेका कारण प्रहरीलाई आउजाउ रोक्न मुस्किल पर्छ ।

भारतीय नागरिक घाँस काटन यता आउने र नेपालका बासिन्दा नुन, तेल, भुटुन, चामल लिन उता पुग्ने गरेका छन् ।

मुख्य नाका बाहेक अन्यत्रको सिमानामा नेपाल तर्फका समुदाय रासनका लागि भारतीय बजार सहजै पुग्ने गरेका छन् ।

विराटनगरको भारत सँग जोडीएको मटेरुवा, दरैया क्षेत्रमा यता उता लुकिछिपी हुने गरेको हो ।

नेपाल भारत दुबै तर्फ सक्रमण दर बढिरहेको अवस्थामा लुकिछिपी आवागमत झनै जोखिमपूर्ण बन्दै गएको छ ।

बोर्डरमा मानिसको अवागमन पूर्ण रुपमा बन्द रहेको इलाका प्रहरी कर्यालय रानीका प्रहरी निरिक्षक दिपक थापाले बताए । चोरी नाकाबाट आउ जाउ भएपनि बलमिच्याइ गरेर आउने जाने पहिलाको जस्तो अवस्था नभएको उनले बताए ।

उनले मानिस सचेत हुँदै गएकोले आउजाउ घटेको बताए । चोरी नाकाबाट आउनेलाई भेटेको अवस्थामा सम्झाएर पठाउने गरेको उनले बताए ।

jackson ribon