birat ribon

विनियोजन विधयेक बहुमतले पारित

Neuro
विनियोजन विधयेक बहुमतले पारित

रंगेली, १७ असार । प्रतिपक्षको खर्च कटौतीको प्रस्तावलाई अस्वीकार गर्दै प्रदेश १ प्रदेशसभाले विनियोजन विधयेक बहुमतले पारित गरेको छ ।

Padelux insider
cura insider

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद शेखरचन्द थापाले गरेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको हो ।

सांसद थापा, हिमाल कार्की, शिवनारायण गनगाई, लीला सुब्बाले नेपाली कांग्रेसको तर्फबाट खर्च कटौतीको प्रस्ताव गरेका थिए । उनीहरूले एक सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव हालेका थिए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले ल्याएको प्रदेश विनियोजन विधेक बहुमतले पारित भएको थियो । यसअघि उनले खर्च कटौती प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

मन्त्री आङ्बोले नियमित स्रोतहरूमा दवाव पर्ने भएकोले चाहेका विषयहरू बजेटमा समेट्न सक्ने अवस्था नभएको बताएका थिए । प्रतिपक्षले जोडदार माग गरेको योजनाको शीर्षकमा खर्च कटौतीको प्रस्ताव अचम्मको भएको बताए ।

उनले सो क्रममा बजेट प्राथमिकताअनुसार नै ल्याएको जिकिर गरे । बजेट प्रदेशका जनतालाई केन्द्रमा राखेर ल्याइएको बताउँदै उनले कानून, नियमावली र कार्यविधि निर्माण गरेर मजबुद हुँदै सरकार जाने बताए ।

सांसद थापाले प्रस्ताव पेस गर्दै सरकारलाई जनतासँग जुटने बजेट नआएको बताए । मानवीय संकट परेको बेला जीवन रक्षाभन्दा ठूलो अरु कुरा हुन नसक्ने उनले जिकिर गरे । उनले बजेट सिद्धान्तमा ठीक भएर मात्र नहुने व्यवहारमा पनि सही सावित हुनुपर्ने बताए ।

जति अंक भए पनि त्यो बजेटप्रतिको असन्तुष्टि भएको भन्दै प्रताव फिर्ता लिन उनले अस्वीकार गरेका थिए ।

jackson ribon