कोरोना भाइरसले बालविवाहको संख्या बढायो : युएन

विराटनगर, १७ असार । संयुक्त राष्ट्रसंघ (युएन) ले कोरोना भाइरस संक्रमणका कारण बाल विवाह बढेको जनाएकाे छ ।

कोरोना महामारीले धेरै किशोरी र बालिकाहरू जोखिममा रहेको जानकारी दिँदै राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य एजेन्सी यूनएनएफपीएका प्रमुख नटालिया कानेमले कोरोनाका कारण यस क्षेत्रमा काम गर्न समस्या हुनुका साथै केटी र महिलाहरू जोखिममा पर्ने दर बढ्दै गएको बताएकी हुन् ।

कोरोनाका कारण गरिबी बढ्दा संकटलाई टार्न आफ्ना छोरीको सानै उमेरमा बालविवाह गराउनेको संख्या अझै बढ्न सक्छ ।

रिपोर्टका अनुसार हरेक दिन लगभग ३३ हजार केटीहरूको विवाह धेरै पाको पुरुषहरूसँग बाध्यतामा गराइन्छ भने एक वर्षमा ४१ लाख दुर्व्यवहारको जोखिममा रहने अनुमान गरिएको छ ।

युएनएफपीएका अनुसार कोभिड १९ले दुबै अभ्यासहरू अन्त्य गर्न विश्वव्यापी प्रयासमा अवरोध खडा गरेको हुँदा अबको एक दशकमा एक करोड ३० लाख बालिकाको जबर्जस्ती विवाह गराइएको र २० लाख बालिकालाई दुर्व्यवहार गरिएको तथ्यांक हुनसक्ने कानेम बताउँछिन् ।

Loading...