गण्डकी प्रदेशमा संक्रमितको संख्या हजार नाघ्यो

पोखरा, १७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या हजार नाघेको छ । बुधबार दिउँसो थप १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १४ जना संक्रमितहरू भेटिएको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये २ जना बागमती प्रदेशका रहेका छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार एक महिला र बाँकी पुरुषहरू रहेका छन् ।

Loading...