birat ribon

प्रस्तावित नेकपा एमालेको अध्यक्षमा विराटनगर–६ की सन्ध्या तिवारी

Neuro
प्रस्तावित नेकपा एमालेको अध्यक्षमा विराटनगर–६ की सन्ध्या तिवारी

विराटनगर, १७ असार । निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

Padelux insider
cura insider

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकोबारे जवाफ मागेपछि नयाँ दल दर्ताको विषयले नेकपा भित्र केन्द्रदेखि तल्लो तहसम्म खैलाबैला मच्चिएको हो ।

मोरङको विराटनगर महानगरपालिका– ६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामको पार्टी दर्ताका लागि निवेदन परेको छ ।

तिवारी विराटनगर–६ की भएपनि उनीबारे स्थानीय नेकपा नेता कार्यकर्ता जानकार छैनन् ।

नेकपाभित्र प्रस्तावित पार्टी अध्यक्ष को हुन् भन्ने चासोको विषय भनेको छ । तिवारीको विषयमा नेकपाका स्थानीय नेता कार्यकर्ता पनि परिचित छैनन् ।

‘मैले  पनि विराटनगर नै घर भएको सुने तर मान्छे चिनेको छैन,’ नेकपा विराटनगर महानगर कमिटि अध्यक्ष सागर थापा भन्छन्, ‘उहाँको विषयमा जानकारी भएन ।’

नेकपा मोरङका सचिव गणेश उप्रेती सुशील पनि तिवारीका बारेमा जानकारी नभएको बताउँछन्  ।

विराटनगर नै स्थायी ठेगाना रहेको जानकारी पाएपछि नेकपाका स्थानीय नेता कार्यकर्ता सन्ध्या तिवारी राजनीतिक पृष्टभूमिको बारेमा खोजी गरिरहेका छन् ।

दल दर्ताका लागि परेको निवेदनमा २१ जनाको कार्यसमिति रहने उल्लेख छ । प्रस्तावित नेकपा  एमाले अध्यक्षमा सन्ध्या तिवारी छन् । उपाध्क्षमा भगवती खड्का र मनिष उपाध्याय छन् ।

अस्मिता सुनार प्रदेश १ सचिव, दावा  लामा प्रदेश २ सचिव, जयाराम रावत प्रदेश ३ सचिव, खगेन्द्रप्रसाद भुसाल प्रदेश ४ सचिव, हिराबहादुर बोहरा प्रदेश ५ सचिव,  राधा पुरी प्रदेश ६ सचिव, र तारादेवी शाही प्रदेश ७ सचिव छन् ।

पवन बिष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उशाकुमारी झा, प्रदीपराज गिरी, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जिव विष्ट, विनिता कार्की, विमला बिष्ट सदस्य छन् ।

jackson ribon