Rumpum Advertisement
Dazzu

बियर पिएर पिसाब रोकेका कारण पिसाब थैली फुटेपछि

बियर पिएर पिसाब रोकेका कारण पिसाब थैली फुटेपछि

विराटनगर, १७ असार । पूर्वी चीनमा एक जना व्यक्तिले १८ घण्टासम्म पिसाब रोक्दा पिसाबको थैली फुटेको छ ।

४० वर्षीय हू (नाम नखुलाएपनि थर मात्र) ले एकै रात १० बोतल बियर पिएर शौचालय प्रयोग नगरी गहिरो निद्रामा परेका थिए ।

हूको मूत्राशय तीन भागमा फुटेको देखेर चिकित्सकहरू चकित भएका छन् ।

हूले पूर्वी चिनियाँ प्रान्त झेजियांगको शाओसिङको झुजी पीपुल्स अस्पतालमा उपचारको खोजी गरेपछि उक्त घटनाको खुलासा भएको थियो ।

१० बोतल बियर पिएर शौचालय प्रयोग नगरेका हूलाई भोलिपल्ट साँझ पेटको दुखाइले ब्युझाएपछि स्थानीय अस्पताल लगिएको थियो ।

अत्यधिक दुखाइ र पेटको मांसपेशीको कारण सिधा पल्टिन नसक्ने र पिसाब फेर्ने धेरै प्रयास गरेपनि हू असफल रहेको डाक्टरहरूले पत्ता लगाए ।

हूको सीटी स्क्यानको रिपोर्टमा मूत्राशयमा तीन प्वालहरू भएको देखियो । एउटा प्वाल उनको पेटसम्म पुगेको हुँदा आन्द्राको केही भाग मूत्राशयभित्र पस्न गएको थियो ।

मूत्राशयको प्वालको समयमै उपचार गर्न नसकेको खण्डमा व्यक्तिको ज्यान जोखिममा हुने हुँदा हूको अपरेसन गरियो ।

हूलाई पूर्ण निको भएपछि झुजी अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

त्यस्ता घटनाहरू निकै दुर्लभ भएपनि स्थानीय अस्पतालका अनुसार हरेक वर्ष अस्पतालमा मद्यपान गरेर पिसाब रोक्दा मूत्राशयमा समस्या हुने हू जस्ता कम्तिमा एक बिरामी आउँछन् । –डेलीमेलबाट