सुन हालसम्मकै महँगो

काठमाडौं, १७ असार । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ रहेको छ ।

यसअघि आइतबार र सोमबार सुनको भाउ प्रतितोला ९१ हजार तीन सय रुपैयाँ रहेकोमा मंगलबार एक सय रुपैयाँले घटेको थियो ।

यता, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेर ९ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Loading...