birat ribon

ओछ्यानमा पिसाब फेरेको विषयमा विवाद, आमालाई कुटपिट गरेको रिसमा बुबामाथि बञ्चरो प्रहार

Neuro
ओछ्यानमा पिसाब फेरेको विषयमा विवाद, आमालाई कुटपिट गरेको रिसमा बुबामाथि बञ्चरो प्रहार

विराटनगर, १७ असार । बञ्चरो प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले मोरङको जहदा गाउँपालिका-५ का एक बालकलाई पक्राउ गरेको छ ।

Padelux insider
cura insider

शनिबार आफ्नै ४० वर्षीय बुबालाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मंगलबार १५ वर्षीय छोरालाई पक्राउ गरेको हो ।

बुबालाई बञ्चरो प्रहार गरी छोरा फरार भएका थिए । बञ्चरो प्रहारबाट गम्भीर घाइते बुबालाई अस्पतालमा उपचार गराउन पैसा नभएपछि घरमै राखेका कारण आइतबार साँझ ज्यान गएको थियो ।

हत्याको कारण ओछ्यानमा पिसाब

प्रहरीका अनुसार मृतककी जेठी छोरीको विवाह ९ असारमा थियो । विवाहमा आएका पाहुना फर्किसकेका थिएनन् ।

विवाहमा पाहुना आएकी मृतकको दिदीको नातीले शुक्रबार मृतक सुत्ने ओछ्यानमा पिसाब फेरेका थिए ।

बच्चाले पिसाब फेरेपछि मृतककी श्रीमतीले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाएकी थिइन् । राति सुत्ने बेला आफ्नो ओछ्यान नभेटेपछि मृतकले श्रीमतीलाई कुटपिट गरेका थिए ।

आफ्नो ओछ्यान किन पिसाब फेर्न दिएको भन्दै कुटपिट गरेको १५ वर्षीय छोरा र पाहुनाले पनि देखे । आमालाई कुटपिट गरेको रिसमा १५ वर्षीय छोराले शनिबार बिहान करिब ५ बजे बुबामाथि बञ्चरो प्रहार गरे ।

प्रहरीका अनुसार मृतककी श्रीमती दिसा गर्न बाहिर गएको अवस्थामा छोराले सुतेकै अवस्थामा बुबालाई बञ्चरो प्रहार गरेका थिए ।

बुबामाथि प्रहार गरेको बञ्चरो नजिकैको पोखरीमा फालेर उनी फरार भए ।

फरार भएका छोरालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

jackson ribon