birat ribon

विद्यालय जान नपाएका बालबालिकाहरू किताब पाउँदा गदगद

Neuro
विद्यालय जान नपाएका बालबालिकाहरू किताब पाउँदा गदगद

विराटनगर, १७ असार । कोरोना भाइरस संक्रमण रोकथामका लागि तीन महिनादेखि विद्यालय जान नपाएका विद्यार्थीहरू नयाँ किताब पाउँदा खुशीले गदगद भएका छन् ।

Padelux insider
cura insider

११ चैतदेखि भएको लकडाउनका कारण विद्यालय बन्द भएपछि पढ्न स्कुल जान नपाएका विराटनगर महानगरपालिका–१२ स्थित बखरी गाउँका विद्यार्थीहरू तीन महिनापछि नयाँ पाठयपुस्तक पाउँदा खुशीले गदगद भएका हुन् ।

विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरूमा उत्साह जगाउन विराटनगरको बखरी आधारभूत प्राविले विद्यार्थीहरूलाई बोलाएर नयाँ पाठयपुस्तक वितरण गर्न थालेको छ ।

नयाँ पाठयपुस्तक पाएपछि विद्यार्थीहरूले घरमा हेर्ने र पढ्नमा अभिरुचि पैदा गर्ने विश्वास प्रधानाध्यापक विद्यानन्द कामतले बताए ।

१६ असार मंगलबार विद्यालयमा आएर नयाँ पाठयपुस्तक लाने विद्यार्थीहरू खुशीले गदगद भएका थिए । नयाँ किताब पाएका विद्यार्थीहरू हर्षित हुँदै घर फर्किएका थिए ।

किताब पाएपछि आफूलाई घरमै पढ्न मन लागेको कक्षा ३ मा पढ्ने नन्दनी ऋषिदेवले बताइन् । कक्षा ५ मा पढने अनिता ऋषिदेवले लामो समय विद्यालय बन्द हुँदा राम्रो नलागेको र किताब पाइसकेकोले अब छिटै स्कुल खुल्ने र आफूहरू पढ्न आउने बताइन् ।

कक्षा ४ मा पढ्ने हसिना कामतले विद्यालय धेरै लामो समय बन्द हुँदा धेरै नराम्रो लागेको भन्दै चाँडै स्कुल खुल्न लागेकोले आफूहरूलाई किताब दिएको भन्दै खुशी व्यक्त गरिन् ।

बखरी आधारभूत प्राविमा सीमान्तकृत र दलित समुदायका १ सय ८७ जना बालबालिकाहरू पढ्ने गर्दछन् ।

लकडाउनले विद्यालय बन्द भएपछि यहाँका वालबालिकाहरूको पठनपाठन पनि ठप्प छ । अर्कोतिर उनीहरू नयाँ शैक्षिक सत्र सुरु भएपछि पनि विद्यालय जान नपाउँदा मनोवैज्ञानिक त्रासमा पनि परेका छन् ।

jackson ribon