गण्डकी प्रदेशमा सक्रमितको संख्या हजार नजिक

पोखरा, १७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या हजार नजिक पुगेको छ । आज थप २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९४ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जना नयाँ संक्रमितहरू भेटिएका हुन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार नवलपरासीका १२ जना, स्याङ्जाका ८ जना, गोरखा र बाग्लुङका समान ३–३ जना र तनहुँ र कास्कीका समान एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

Loading...