आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपेर मनाईदै

विराटनगर, १७ असार । आज हरिशयनी एकादशी । असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा रोपेर एकादशी मनाइँदैछ ।

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वको रुपमा रहेको एकादशीमा निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने विश्वास छ ।

वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजबाट चतुर्मास व्रत सुरु हुन्छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु उत्तम मानिन्छ ।

Loading...