अमेरिकामा दैनिक एक लाख संक्रमित थपिन सक्छन्

विराटनगर, १७ असार । अमेरिकामा दैनिक एकलाख नयाँ कोरोना संक्रमित थपिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन । पछिल्लो समय अमेरिकामा दैनिक ४०देखि ५० हजारकोबीचमा संक्रमित थपिरहेका छन ।

अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले देशको सिनेट समक्ष अमेरिकामा प्रतिदिन एक लाख कोरोना संक्रमित फेला परे आफू आश्चर्यमा नपर्ने बताएका छन् । उनले कोरोना नियन्त्रणमा नरहेको बताए ।

अमेरिकीहरूले पर्याप्तमात्रामा मास्क नलगाएको र सामाजिक दूरी कायम नगरेका कारण दैनिक एकलाख संक्रमित थपिनसक्ने बताए ।

बिबिसीका अनुसार सिनेटको सुनुवाइका क्रममा फाउचीले पछिल्लो समय अमेरिकामा भेटिएका आधा भन्दा बढी संक्रमित चार राज्यबाट भएको बताएका छन ।

अमेरिकाको दक्षिणी तथा पश्चिमी राज्यहरूमा संक्रमित संख्यामा वृद्धि हुँदै आएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ४५ हजार कोरोना संक्रमित थपिएका छन । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २७ लाख २७ हजार नाघेको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ३० को मृत्यु भइसकेको छ ।

फाउचीले पछिल्लो समय फ्लोरिडा ऐरिजोना, टेक्स र क्यालिफोर्निया राज्य संक्रमणबाट सर्वाधिक प्रभावित बनेको बताए ।

Loading...