प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं, १७ असार । आफ्नै अभिव्यक्तीका कारण पार्टी भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन ।

नेकपा स्थायी समिति बैठकमा नेकपाका नेताहरुले राजिनामा माग गरेपछि ओलीले बुधबार बिहान राजनीतिक परामर्शका लागि बालुवाटारस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् ।

परामर्शका लागि मन्त्रीहरु बिहानै बालुवाटारमा भेला भएका छन् । मंगलबारको स्थायी कमिटी बैठक अगाडि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।

Loading...