पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो, डिजेलकाे मुल्य पनि बढ्याे

काठमाडौं, १७ असार । पेट्रोलको मूल्य ५ रुपैयाँ वृद्धि भएको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाएको हो ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २–२ रुपैयाँ बढाउने निर्णय भएको हो । नयाँ मुल्य मंगलबार राति १२ बजेदेखि लागु भएको छ ।

मुल्यवृद्धि भएसँगै थानकोट, सुर्खेत र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा पर्नेछ ।

झापाको चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीमा पेट्रोलको मुल्य ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा पर्नेछ ।

Loading...