नागरिकता विधेयकको विरोधमा विराटनगरमा प्रदर्शन

विराटनगर, १६ असार । बिदेशबाट आएकी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने सत्तारुढ नेकपा निर्णयको विरोधमा जनता समाजवादी पार्टीले विराटनगरमा प्रदर्शन गरेको छ ।

मंगलबार जनतासमाजवादी पार्टीले नागरिकता सम्बन्धी पुरानै प्रावधान कायम गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

आन्दोलनमा उत्रिएकाहरुले २०६३ को प्रावधान अनुसार विवाह लगतै नागरिकता पाउने प्रावधान राख्नुपर्ने बताए ।

Loading...