भारत कोरोना मुक्त नभएसम्म प्रदेशमा संक्रमणको जाेखिम : मन्त्री घिमिरे

विराटनगर, १६ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारतले आफूलाई कोरोना मुक्त घोषणा नगरेसम्म प्रदेश १ मा कोरोना संक्रमणको जोखिम रहने बताएका छन ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले खुलासीमा भएका कारण भारत कोरोना मुक्त नभएसम्म प्रदेश १ मा संक्रमणको जोखिम रहने बताएका हुन ।

उनले अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र सिमित भएको बताए ।‘संक्रमित १४ जिल्लाका भएपनि संक्रमण १४ जिल्लामा छैन ।’ उनले भने ‘ अहिले समुदायमा छैन् । क्वारेन्टाइनमा सीमित छ ।’

प्रदेश १ मा समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले समुदायमा नभएको उनले बताए ।

‘समुदायमा संक्रमण भए प्रकट हुने थियो ।’ उनले भने ‘ हामीले परीक्षण पनि बढाइरहेका छौं ।’ प्रदेशको अवस्था सकारात्मक भएपनि चुनौति भने यथावत रहेको मन्त्री घिमिरेले बताए ।

Loading...