ऋण काढेर घिउ नखाने गरी कार्यक्रम बनाउने सोच्यौं – मन्त्री आङ्बो

विराटनगर, १६ असार । प्रदेश सरकारले काम गर्ने क्षमता अनुसार बजेट ल्याएको १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन ।

मंगलबार प्रदेशसभा बैठकमा प्रदेश विनियोजन विधेयक माथि उठेको प्रश्नमा जवाफ दिदै उनले प्रदेश सरकारको प्राथमिकताका आधारमा खर्च गर्न सक्ने बजेट ल्याएको बताएका हुन ।

‘ऋण काढेर घिउ नखाने गरी कार्यक्रम बनाउने सोच्यौं ।’ उनले भने ‘ धेरै ठूलो ऋण काढेर कार्यक्रम तर्जुमा गर्दा धेरै प्रतिफल दिदैन्, आर्थिक वर्षको अन्त्यमा कार्यक्रम संसोधन गर्न पनि हैरान हुन्छ ।’

बजेट विनियोजन गर्दा सरकारको पञ्चवर्षिय योजना र प्राथमिकतामा राखिएको उनले बताए ।

कार्यक्रम र भत्ताको बजेट खर्च हुँदैन्

आर्थिक मामिला मन्त्री आङ्बोले पदाधीकारी तथा कर्मचारीले कार्यक्रमको भत्ता नलिने बताएका छन ।

प्रदेशको रातो किताबमा भत्ता तथा कार्यक्रमका लागि बजेट विनियोजन भएका छन् । तर यसरी भत्ता र कार्यक्रम शिर्षकको बजेट सरकारको प्राथमिकताकाे क्षेत्रमा सारेर खर्च हुने उनले बताए ।

‘कार्यक्रम र भत्ता शीर्षकमा बजेट छुटिएपनि खर्च हुँदैन् ।’ उनले भने ‘हाजिर गर्दा भत्ता पाइन्छ भन्ने मनसायले कसैले बजेट राख्या छ भने खर्च हुँदैन् ।’ त

बजेट बक्तब्यमै बैठक सेमिनार नगर्ने विषय समावेश भएकाे बताउदै उनले भने ‘ त्यो शीर्षकमा लुप होल छैन् । बजेट राखेको छ भने खर्च हुँदैन । प्रदेशको प्राथमिकताका क्षेत्रमा सार्छाैं ।’

Loading...