प्रदेश १ मा प्रदेश प्रहरी ११ हजार रहने

विराटनगर, १६ असार । १ नम्बर प्रदेशमा ११ हजार प्रदेश प्रहरी रहने संघिय सरकारसँग सैदान्तिक सहमति भएकाे आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

मंगलबार १ नम्बर प्रदेशसभामा सांसदहरूले उठाएको पश्नको जवाफ दिँदै प्रदेश सरकारका प्रवक्तासमेत रहेका कार्कीले प्रदेश १ मा ११ हजार प्रदेश प्रहरी रहने संघीय सरकारसँग सैदान्तिक सहमति भएको बताएका हुन ।

संघीय सरकारले ११ हजार प्रदेश प्रहरी रहने सैद्धान्तिक सहमति गरेपछि प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक निर्माणको काम पनि सुरु भएको उनले बताए ।

संघीय कानून नबनेका कारण अढाई वर्ष प्रहरी समायोजन नभएको बताउँदै उनले प्रदेश प्रहरी ऐन निर्माणको काम सुरु भएको बताए ।

संघीय सरकारले प्रहरी समायोजन १५ चैतबाट गर्ने बताएपनि लकडाउनका कारण रोकिएको बताउँदै उनले चाँडो समायोजन प्रकृया सुरु हुने बताए ।

प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी भवन निर्माणको काम पनि सुरु भएको उनले बताए ।

प्रदेश सरकारले पहिलो वर्षबाटै प्रहरी चौकी निर्माणको सुरु गरेको बताउँदै उनले आउँदो वर्षभित्र १४ वटै जिल्लामा प्रहरी कार्यालय निर्माणको कार्य पूरा हुने बताए ।

प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा प्रदेश १ सँग सीमा जोडिएका क्षेत्रमा आउँदो वर्ष थप ५ वटा बोर्डर आउट पोष्ट निर्माण गर्ने उनले बताए ।

१४ जिल्लामा २–२ वटा प्रहरी चौकी निर्माणको कार्य थालनी गरिने उनले बताए ।

Loading...