आजदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, १६ असार । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ ।

बैठकमा संसदमा प्रस्तुत नागरिकता विद्येयक र पार्टीको ७ देखि १० फागुनसम्म हुने चौधौं अधिवेशनको बारेमा केन्द्रित रही छलफल हुने पार्टीका केन्द्रीय सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

वर्तमान देशको राजनीतिक अवस्था र कोरोना माहामारीको बारेमा पनि बैठक केन्द्रित रहने सचिव पराजुलीले जानकारी दिए ।

Loading...