कोरोनाबाट आज कसैको मृत्यु भएको छैन : स्वास्थ्य मन्त्रालय

विराटनगर, १६ असार । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज कोरोनाबाट कसैको ज्यान नगएको जानकारी दिए ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २९ रहेको छ ।

आज थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्या १३ हजार ५६४ पुगेको छ ।

थप ६० जना कोरोनामुक्त भएसँगै निकाे हुनेकाे संख्या ३ हजार १९४ पुगेकाे छ ।

Loading...