प्रदेश १ मा थप ११ जनामा कोरोना, संक्रमितको संख्या ५७८

विराटनगर, १६ असार । मंगलबार प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५ , संखुवासभामा ३ , खोटाङमा १ र सुनसरीमा २ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाको मेचीनगर १ र कनकाईमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संखुवासभाको सभापोखरीमा ३ जना, सुनसरीको इनरुवामा २ जना र खोटाङको दिक्तेलमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ ।

संक्रमितमध्ये कोशी अस्पतालमा ७, प्रदेश जनस्वास्थ्य प्रयोगशाला ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाँईले जानकारी दिए ।

मंगलबारसम्म ३९२ जना डिस्चार्ज भएका छन् ।

Loading...