birat ribon

निर्माता अर्जुनको फेसबुक स्ट्याटस : साम्राज्ञीको पक्ष, पूजालाई व्यङ्ग्य

Neuro
निर्माता अर्जुनको फेसबुक स्ट्याटस : साम्राज्ञीको पक्ष, पूजालाई व्यङ्ग्य

विराटनगर, १६ असार । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि निर्मता तथा निर्देशकले ह्यारेसमेन्ट गरेको आरोप लगाएपछि यतिबेला फिल्मनगरी तातिएको छ ।

Padelux insider
cura insider

यो विषयले अझै चर्को रूप लिनेसमेत देखिएको छ ।

साम्राज्ञी र निर्माता तथा निर्देशक भुवन केसीबीच सामाजिक सञ्जालमा भइरहेको वारमा निर्माता अर्जुन कुमारले साम्राज्ञीको पक्ष लिएका छन् ।

कलाकार कसैको बधुँवा मजदुर होइन भन्दै अर्जुन लेख्छन्, ‘फिल्ममा खेलाएकै भरमा कुनै पनि कलाकारमाथि कुनै पनि प्रकारको ह्यारेसमेन्ट बर्दास्त् गर्न सकिन्न । कलाकारलाई चान्स दिएको, आफूले गर्दा हिट भएको भन्नु मूर्खता हो । यहाँ सबै आफ्नो ट्यालेन्टले खाने हो । एक दुई जना निर्माता निर्देशक अनी त्यसलाई बढावा दिने पत्रकारले गर्दा यो क्षेत्रको इज्जत कैले हुन सकेन ।’

‘यहि कारण नयाँ र राम्रा घरानाको युवा-युवतीमा फिल्म क्षेत्रप्रति आकर्षण हुँदैनन् । राम्रा मान्छे पनि रहेको हुँदा यो क्षेत्र लाई मर्यादित बनाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

यसैगरी अर्जुन कुमारले साेही स्टाटसमा नायिका पूजा शर्मालाई समेत व्यङ्ग्य गरेका छन् ।

‘नेपालमा ७७ वटा अञ्चल १२ जिल्ला भन्ने बैनीलाई पक्कै पनि नेपालमा कति जिल्ला र कति अञ्चल छ भन्ने थाहा भएपनि कन्ट्रोभर्सी कुरा गरेर सस्तो चर्चामा आउन खोजेकी हुन्, ‘ उनले लेखेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एक अन्तर्वार्ताको भिडियोमा पूजाले नेपालमा १४ जिल्ला र ७२ प्रदेश छ भनेपछि आलोचना भइरहेको छ भने उनी ट्रोलको शिकारसमेत बन्नु परेकाे छ ।

jackson ribon