कोरोनाको लक्षण देखिएका बेहुलाको मृत्यु, विवाहमा उपस्थित ९५ जनामा संक्रमण पुष्टि

नयाँ दिल्ली, १६ असार । भारतको पटनास्तिथ पालिगंजमा विवाहको दुई दिनपछि कोरोना संक्रमणको लक्षण देखिएका गुरुग्रामका ३० वर्षीय सफ्टवेयर इन्जिनियरको मृत्यु भएको छ ।

sdaf

संक्रमणको लक्षण देखिए पनि कोभिड–१९ परीक्षणविना नै बेहुलाको अन्तिम संस्कार गरिएको थियो ।

पटनाको जिल्ला प्रशासनले बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोना भाइरस परीक्षण गराएका थिए ।

१५ जुनमा भएकाे उनको विवाहमा उपस्थित भएका ९५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

उनका नजिकका आफन्तमध्ये १५ जना र प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेपछि सोमबार मात्र ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो बिहारमा कोरोना भाइरसको व्यापक प्रसार को सम्भवतः पहिलो केस रहेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

परिवारले कुनै जानकारीविना नै अन्तिम संस्कार गरिसकेको हुँदा पटनाको प्रशासनले बेहुलाको कोभिड–१९ परीक्षण गर्न पाएन ।

प्रहरी स्रोतका अनुसार १२ मेमा विवाहका लागि देहपाली गाउँ फर्किएका ३० वर्षे बेहुलालाई कोरोना भाइरसको लक्षण देखिएको थियो ।

लक्षणलाई वास्ता नगरी परिवारले विवाहको कार्यक्रम अघि बढाए तर विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य बिग्रेर अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो ।

विवाह समारोहमा उपस्थित भएका ९५ जनामा कोरोना भाइरसको पुष्टि भएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमणको लक्षण देखिए पनि परिवारले विवाह गराएको र विवाहमा ५० जना मात्रै उपस्थित हुन पाउने नियमको उल्लंघन गरेको बताइएको छ ।

Loading...