आफ्नै मन्त्रालयमा पर्यटनमन्त्रीको छड्के निरीक्षण, केही कर्मचारी अनुपस्थित

काठमाडौं, १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

मन्त्री भट्टराईले मन्त्रालयका विभिन्न शाखाहरूमा छड्के निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरूको अनुपस्थिति रहेको पाइएको थियो ।

मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कति कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रूपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिए ।

नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

Loading...