सुनसरीमा न्यायाधीशको सुरक्षागार्डले आफैंलाई हाने गोली

विराटनगर, १६ असार । जिल्ला अदालत सुनसरीका न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली प्रहार गरेका छन् ।

सुनसरीका न्यायधिस शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षीय खतिवडाले सोमबार साँझ जिल्ला अदालत सुरसरी परिसरभित्र आफैंले बोकेको पेस्तोलले कन्चटमा गोली प्रहार गरेका हुन् ।

अदालतको छतमा आफैंलाई गोली हानेका खतिवडालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

अस्पतालमा उपचारका क्रममा खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

खतिवडा घरबिदाबाट केही दिनअघि मात्र काममा फर्किएका थिए ।

उनको घर मोरङको उर्लाबारीको दुर्गापुरीमा पर्छ । आफैंलाई गोली प्रहार गर्नुको कारण बारे अनुसन्धान भइरहेको उनले बताए ।

Loading...