जोत्दै गरेको ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु

विराटनगर, १६ असार । जोत्दै गरेको ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–५ मा ट्र्याक्टरमा चेपिएर स्थानीय २२ वर्षीय मो.सजाद मियाँको मृत्यु भएको हो ।

सोमबार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका–६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्र्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका मियाँलाई किचेको थियो ।

ट्र्याक्टरले किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...