अक्टोबर र नोभेम्बरमा संक्रमण ठूलो संख्यामा फर्किन्छ : बिल गेट्स

विराटनगर, १६ असार । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोभिड १९ ठूलो संख्यामा फर्किन सक्ने चेतावनी दिएका छन् ।

गेट्सका अनुसार उत्तम उपचारले संक्रमणबाट हुने मृत्युलाई कम गरिरहेको भएपनि धेरै व्यक्तिले मास्क लगाउने, सामाजिक दूरी अभ्यास गर्न अस्वीकार गर्ने कारण संक्रमणको अर्को ठूलो चरणमा लागिरहेका छौं ।

विशेषगरी अक्टोबर र नोभेम्बरको महिनामा कोरोना भाइरसको संक्रमण ठूलो संख्यामा फर्किने गेट्स बताउँछन् ।

अहिले ठीक अवस्थामा फर्किने क्रममा यदि हामीले हाम्रो व्यवहार ठीकसँग नदेखाए ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएका हुन् ।

मृत्युदर केही हदसम्म कम भइरहेपनि विश्वव्यापी तस्विर र अमेरिकी चित्र आफूले सोचेको भन्दा अस्पष्ट रहेको बताउँछन् ।

गेट्सले सम्पर्क ट्रेसिंग गर्न तथा क्वारेन्टाइन लागू गर्ने कुरामा निराशा जनाउँदै अमेरिकाका धेरै व्यक्तिहरूले मास्क लगाउने कुरालाई गम्भीर रूपमा नलिएको बताएका छन् ।

गेट्सले कुनै पनि खोपले सफलता पाउनेबित्तिकै यसलाई विश्वभर वितरण गर्नुपर्ने समेत बताउँदै आएका छन् ।

Loading...