दुई महिलाविरुद्ध जस्टिनको मानहानी मुद्धा, १-१ करोड डलर जरिवानाको माग

विराटनगर, १५ असार । चर्चित गायक जस्टिन बीबरले दुई महिलाविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका छन् ।

यौन शोषणको आरोप लगाउने दुई महिलाविरुद्ध प्रत्येकबाट १-१ करोड डलर जरिवानाको माग गर्दै जस्टिनले मुद्दा दर्ता गराएका हुन् ।

सन् २०१४ र २०१५ मा ट्वीटरको माध्यमबाट दुई महिलाले जस्टिनमाथि यौन शोषणको आरोप लगाएका थिए ।

गायकले आफूमाथि लागेको आरोपको खण्डन गर्दै दुवै महिलाको एकाउन्ट एकैजनाले चलाउने गरेको दाबी गरेका छन् ।

यौन दुर्व्यवहारको प्रत्येक दावी धेरै गम्भीरताका साथ लिनुपर्ने हुँदा यसमा आफ्नाे प्रतिक्रिया पनि आवश्यक पर्ने बताउँदै उनले ट्वीटरमा लेखेका छन्, ”वास्तवमा आरोप तथ्यात्मक रूपमा गलत र असम्भव छन् र यसको विरुद्ध ट्वीटर र अधिकारीहरूविरुद्ध कानूनी कारवाही गर्छु ।’

Loading...