सिरी ‘ए’ : आज दुई शीर्ष क्लब युभेन्टस र लाजियो प्रतिस्पर्धामा

एजेन्सी, १६ असार । इटालियन सिरी ‘ए’मा आज दुई खेल हुँदैछ । आज राति हुने दुई खेलमा शीर्ष क्लबद्वय युभेन्टस र लाजियो पनि प्रतिस्पर्धामा छन् । युभेन्टस र लाजियोले बेग्लाबेग्लै टोलीसँग खेल्दैछन् ।

लाजियोले नेपाली समयानुसार राति ११ः१५ बजेबाट सुरु हुने खेलमा टोरिनोसँग खेल्दैछ । यो खेल टोरिनोको मैदानमा हुनेछ ।

अंक तालिकामा लाजियो ६५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस खेलमा टोरिनोलाई हराउँदै लाजियो शीर्ष स्थानको युभेन्टससँग अंकदूरी घटाउने योजनामा रहेको छ । साविकको विजेतासमेत रहेको युभेन्टस लाजियोभन्दा पाँच अंकले अगाडि रहेको छ ।

यता, लाजियोको आजको प्रतिद्वन्द्वी क्लब टोरिनो भने ३१ अंकका साथ १३औं स्थानमा छ ।

यसैगरी आज हुने दोस्रो खेलमा युभेन्टसले जेनेआसँग खेल्दैछ । यो खेल राति १ः३० बजे जेनोआको मैदानमा हुनेछ । जेनेआविरुद्ध भिड्दै गर्दा युभेन्टस अंकदूरी बढाउने र उपाधि होड कायमै राख्ने दाउमा हुनेछ ।

हाल शीर्ष स्थानमा रहेको युभेन्टससँग ६८ अंक छ । जेनोआ भने १७औं स्थानको टोली हो । उसँग २६ अंक छ ।

Loading...