अमेरिकामा कोरोना : एकै दिन ४३ हजारभन्दा बढीलाई संक्रमण

काठमाडौं, १६ असार । अमेरिकामा एकै दिन ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार ५५८ जना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ लाख ८० हजार ६३५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख २८ हजार ७७१ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ४ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १४ लाख ४७ हजार ४३९ जनामध्ये १५ हजार ८४४ जनाको अवस्था गम्भीर रहेको छ ।

Loading...